Cover
  • 22 November, 2026
  • Comments

A New Window into Science, Technology and Space

A new journey of discovery began on November 18, 2026, with the launch of Dark Sky Nepal, a news website focused on science, technology, space exploration and the planets beyond our own.

Science shapes our everyday lives, while discoveries in space continue to challenge our understanding of the universe. Dark Sky Nepal brings these subjects together, creating a place for readers to explore new ideas, follow developments and ask questions about the world—and what lies beyond it.

From technological advances here on Earth to spacecraft traveling across the solar system, the website’s coverage centers on the stories that make discovery exciting. Planets, astronomy and space missions are central to that journey, alongside the wider fields of science and technology.

The launch also opens an opportunity to connect scientific curiosity with a Nepali audience. Whether you are a student exploring a new interest, a technology enthusiast following emerging developments, or someone who simply enjoys looking at the night sky, there is always another question worth exploring.

Guided by the message “Look Up, Stay Curious,” Dark Sky Nepal begins with an invitation: keep learning, question what you see and discover more about the universe we share.

This launch is the first step. As Dark Sky Nepal grows, its ambition is to make science and space stories engaging, understandable and relevant to curious readers.

Visit darkskynepal.com.np and join us at the beginning of this journey.

Look up. Stay curious. Keep discovering.



डार्क स्काई नेपालको शुभारम्भ: विज्ञान, प्रविधि र अन्तरिक्ष चियाउने नयाँ झ्याल


नोभेम्बर १८, २०२६ देखि डार्क स्काई नेपालको औपचारिक शुभारम्भसँगै खोज र जिज्ञासाको नयाँ यात्रा सुरु भएको छ। विज्ञान, प्रविधि, अन्तरिक्ष अन्वेषण र ग्रहसम्बन्धी समाचारमा केन्द्रित यस वेबसाइटले पाठकलाई ज्ञान र खोजको संसारसँग जोड्ने उद्देश्य राखेको छ।

विज्ञानले हाम्रो दैनिक जीवनलाई आकार दिइरहेको छ भने अन्तरिक्षमा भइरहेका खोजहरूले ब्रह्माण्डबारे हाम्रो बुझाइलाई थप फराकिलो बनाइरहेका छन्। डार्क स्काई नेपालले यी विषयलाई एकै ठाउँमा समेट्दै नयाँ विचार बुझ्न, पछिल्ला घटनाक्रम पछ्याउन र पृथ्वी तथा त्यसभन्दा परको संसारबारे प्रश्न गर्न सकिने माध्यम प्रस्तुत गरेको छ।

पृथ्वीमा विकास भइरहेका नयाँ प्रविधिदेखि सौर्यमण्डलको यात्रामा निस्किएका अन्तरिक्षयानसम्म, खोजप्रतिको उत्सुकता जगाउने समाचार यस वेबसाइटको मुख्य प्राथमिकता हो। ग्रह, खगोल विज्ञान र अन्तरिक्ष अभियानसँगै विज्ञान तथा प्रविधिका विविध विषय यस यात्राका केन्द्रमा रहनेछन्।

यस शुभारम्भले नेपाली पाठकलाई वैज्ञानिक जिज्ञासासँग जोड्ने अवसर पनि सिर्जना गरेको छ। नयाँ विषयमा रुचि राख्ने विद्यार्थी, प्रविधिका विकासक्रम पछ्याउने उत्साही पाठक वा रातको आकाश हेर्न मन पराउने जोसुकैका लागि पनि खोज्न र बुझ्न बाँकी प्रश्नहरू प्रशस्तै छन्।

“Look Up, Stay Curious” अर्थात् “आकाशतिर हेरौँ, जिज्ञासु बनिरहौँ” भन्ने सन्देशका साथ डार्क स्काई नेपालले निरन्तर सिक्न, देखेका कुराबारे प्रश्न गर्न र हामी सबैले साझा गरेको ब्रह्माण्डलाई अझ नजिकबाट बुझ्न आमन्त्रण गर्दछ।

यो शुभारम्भ पहिलो पाइला हो। आगामी यात्रामा विज्ञान र अन्तरिक्षका विषयलाई रोचक, बुझ्न सजिलो र पाठकको जीवनसँग सान्दर्भिक बनाउने यसको आकांक्षा छ।

darkskynepal.com.np मा जानुहोस् र यो नयाँ यात्रामा हामीसँग जोडिनुहोस्।

आकाशतिर हेरौँ। जिज्ञासु बनिरहौँ। खोजिरहौँ।


Leave A Comment

Comments (0)

0